+
+
Shares

गोरखाको रामशाहघाट-मनकामना सडकमा ईभी गाडी सञ्चालनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको मझुवास्थित रामशाहघाटदेखि मनकामना सडकखण्डमा दुर्घटना जोखिम बढेसँगै इभी गाडी सञ्चालनमा रोक लगाइएको छ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयले निजी तथा भाडाका सबै इभी गाडी केही समयका लागि नचलाउन निर्णय गरेको छ।
  • नेपाल प्रहरीको समिति गठन गरी दुर्घटना छानबिन भइरहेको र अर्को सूचना नआएसम्म इभी गाडी नचलाउन अनुरोध गरिएको छ।

१४ चैत, गोरखा । गोरखाको मझुवास्थित रामशाहघाट हुँदै मनकामना जाने सडकखण्डमा इभी गाडी सञ्चालनमा रोक लगाइएको छ ।

सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘त्यो खडकखण्डमा ईभी गाडी बढी दुर्घटना हुन थाल्यो,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘त्यसैले केही समयका लागि ईभीका निजी तथा भाडाका सबै गाडी चल्न नदिने निर्णय गरेका हौं ।’

केही दिनअघि मात्र सो सडकखण्डमा यात्रुवाहक ईभी माइक्रो दुर्घटना हुदाँ सात जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।

उक्त घटना छानविनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशबाट एसपी दानबहादुर थापाको संयोजकत्वमा समिति गठन भएर छानबिन प्रक्रिया अघि बढेको छ ।

त्यस्तै २०८१ साल फागुन २९ गते चितवनबाट यात्रु लिएर आएको ईभी माइक्रो मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा सोही सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य यात्रु घाइते भएका थिए ।

इभी सवारी दुर्घटना दर बढेकाले तत्कालका लागि उक्त निर्णय गरिएको बताइएको छ । अर्काे सूचना जारी नभएसम्मका लागि सो रुटमा ईभी गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?