News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
- कांग्रेसले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको र थप निर्णय पछि गर्ने बताएको छ।
- कांग्रेसले आयोगको प्रतिवेदनमा २४ गतेको घटनाको अनुसन्धान नभएको भन्दै आपत्ति जनाउँदै अनुसन्धान गर्नुपर्ने बताएको छ।
१४ चैत, काठमाडौं । नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने ।
आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको पनि उनले बताए ।
‘हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो । थप केही सोच्नुपर्यो भने फेरि निर्णय गरौं,’ प्रवक्ता चालिसेले भने ।
साथै, आयोगको प्रतिवेदनमा भदौ २३ को जस्तो अनुसन्धान २४ गतेकोमा नभएको भन्दै आपत्ति जनाए । २४ गतेको घटनाको पनि अनुसन्धान हुनुपर्ने कांग्रेसको भनाइ छ ।
‘२४ गतेको घटनालाई यतिकै छाड्न मिल्छ र ? २४ गते कसले विध्वंश गरायो भनेर जनतालाई भन्नु पर्दैन ? को दोषी छ थाहा पाउनुपर्दैन ?,’ प्रवक्ता चालिसेले भने ।
प्रतिक्रिया 4