+
+
Shares

ओली र लेखकलाई तत्काल रिहाइ गर्न कांग्रेस कैलालीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ८:०१

१५ चैत, धनगढी । नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधान र प्रचलित कानुनविपरीत उनीहरूलाई पक्राउ गरेको बताउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।

विज्ञप्तिमा जेनजी आन्दोलनपछि भदौ २३ र २४ को घटना छानबिन गर्न गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढिरहेको अवस्थामा पनि प्रतिवेदन सार्वजनिक नगरी पक्राउ गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरी कुनै पनि कदम चाल्नु उपयुक्त नहुने धारणा व्यक्त गरेको छ । ‘प्रतिवेदन सार्वजनिक नभएसम्म त्यसले आधिकारिकता पाउँदैन र सिफारिस कार्यान्वयनको प्रक्रिया अघि बढ्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सरकारको यो कदमलाई बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित भनेको छ । यस्ता खालका गतिविधिले देशमा द्वन्द्व बढाउने खतरा रहेको र विधिको शासनमाथि प्रश्न उठ्ने कांग्रेसको भनाइ छ ।

कांग्रेस कैलालीले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिँदै प्रतिशोधको राजनीति त्यागेर संवाद र सहकार्यको बाटोमा अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?