+
+
Shares

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई   

रासस रासस
२०८२ चैत १५ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्ति भएकोमा हार्दिक बधाई दिएका छन्।
  • मन्त्री सारले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए।
  • इजरायली दूतावासका अनुसार सारले प्रविधि, कृषि र श्रम क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

१५ चैत, काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए ।

यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?