+
+
Shares

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले स्याङ्जाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ।
  • एमाले स्याङ्जाले ओली र लेखकको पक्राउलाई असंवैधानिक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै विरोध जनाएको छ।
  • पार्टीले आन्दोलनबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी सरकार र प्रशासनले लिनुपर्ने उल्लेख गरेको छ।

१५ चैत, स्याङ्जा । नेकपा एमाले स्याङ्जाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध विरोध जनाउँदै प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।

एमाले जिल्ला कमिटी स्याङ्जाले पार्टी अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएको छ ।

उक्त पत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार पठाइएको हो ।

एमाले स्याङ्जाले हालै गठन भएको सरकारले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओली र लेखकलाई पक्राउ गरेको घटनालाई असंवैधानिक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै आपत्ति जनाएको छ ।

पार्टीले यस कदमलाई अलोकतान्त्रिक, प्रतिशोधपूर्ण र गैरकानुनी भएको आरोप लगाएको छ ।

पार्टी जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेद्वारा हस्ताक्षरित उक्त पत्रमा आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र प्रशासनले लिनुपर्ने समेत उल्लेख गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?