+
+
Shares
हलिउड :

‘टम्ब रेडर’ छायांकनमा सोफी टर्नर घाइते, सुटिङ रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड अभिनेत्री सोफी टर्नरलाई टम्ब रेडर सिरिजको छायांकनका क्रममा सामान्य चोट लागेको छ र छायांकन दुई हप्तासम्म रोकिएको छ।
  • निर्माण पक्षले टर्नरको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गर्दै उत्पादन कार्य पूर्ण निको हुनेसम्म स्थगित गरिएको बताएको छ।
  • टम्ब रेडर सिरिज सन् २०२६ को सुरुवातदेखि बेलायतमा छायांकन भइरहेको छ र सोफी टर्नर लारा क्रफ्टको भूमिकामा देखिनेछिन्।

लस एन्जलस । हलिउड अभिनेत्री सोफी टर्नर विश्वचर्चित फिल्म श्रृंखला ‘टम्ब रेडर’ सिरिजको छायांकनका क्रममा घाइते भएकी छन् । चोट गम्भीर नभए पनि उनलाई आराम दिनका लागि छायांकन केही समयका लागि रोकिएको छ ।

सोफीलाई चोट लागेको खबर सार्वजनिक भएपछि उनका प्रशंसक चिन्तित छन् । यसबीच निर्माण पक्षले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।

निर्माण पक्षका अनुसार टर्नरलाई सामान्य चोट लागेको हो । सावधानीका लागि उनी पूर्ण रूपमा निको हुनेसम्म उत्पादन कार्य अस्थायी रूपमा स्थगित गरिएको जनाइएको छ । छायांकन छिट्टै पुनः सुरु गरिने पनि बताइएको छ ।

‘टम्ब रेडर’ सिरिजको छायांकन करिब दुई हप्तासम्म रोकिएको जनाइएको छ । यस अवधिमा सम्पूर्ण टिमलाई पारिश्रमिक दिइनेछ । सिरिजको छायांकन सन् २०२६ को सुरुवातदेखि सुरु भएको थियो ।

जनवरी १५ मा लारा क्रफ्टको भूमिकामा टर्नरको पहिलो झलक सार्वजनिक गरिएको थियो, जसले राम्रो प्रतिक्रिया पाएको थियो । यो सिरिज मुख्यतः बेलायतमा छायांकन भइरहेको छ ।

यो सिरिज विश्वप्रसिद्ध भिडियो गेम फ्रेन्चाइज ‘टम्ब रेडर’ मा आधारित छ, जसमा पुरातत्वविद् लारा क्रफ्टका साहसिक यात्राहरू प्रस्तुत गरिन्छन् । सन् १९९६ मा पहिलो खेल सार्वजनिक भएदेखि यो पात्र निकै लोकप्रिय रहँदै आएको छ ।

यसअघि पनि यही कथामा आधारित विभिन्न चलचित्र निर्माण भइसकेका छन् । सन् २००१ मा बनेको ‘लारा क्रफ्टः टम्ब रेडर’ मा एन्जेलिना जोलीले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । अब भने नयाँ लारा क्रफ्टका रूपमा सोफी टर्नर देखिनेछिन् ।

टर्नरले ‘गेम अफ थ्रोन्स’ सिरिजमा ‘सान्सा स्टार्क’ को भूमिकाबाट विशेष लोकप्रियता हासिल गरेकी हुन् । उनले यो भूमिका १३ वर्षको उमेरमै निभाएकी थिइन् । साथै, उनी ‘एक्स–मेन’ र ‘डार्क फिनिक्स’ जस्ता चलचित्रहरूमा पनि देखिएकी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?