+
+
Shares

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत

अमेरिकी र इजरायली जहाजहरूमा भने पूर्णप्रतिबन्ध लगाइन

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ६:५९

१७ चैत, काठमाडौं । इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था छ । यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा भने पूर्णप्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।

संसदीय समितिबाट पास भएको नियमबाट अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रिने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खुल्ने छ । इरानले यो कदम आफ्नो सार्वभौमिकता सुदृढ गर्ने, सुरक्षा व्यवस्थापनको खर्च उठाउने तथा नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ ।

हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ, जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार हुन्छ । यस्तो अवस्थामा इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने विश्लेषण गरिएको छ ।

विशेषज्ञहरूका अनुसार, अमेरिका लगायत खाडी क्षेत्रका देशहरूले यस निर्णयको कडा विरोध गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रतामा प्रश्न उठाउने मात्र होइन, विश्व बजारमा तेलको मूल्यमा पनि थप उतारचढाव ल्याउन सक्ने अनुमान छ ।

क्षेत्रीय तनाव बढ्ने संकेत

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ ।

यो कदमलाई इरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण र प्रभावलाई कानुनी रूपमा संस्थागत गर्ने प्रयासको रूपमा पनि हेरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त प्रस्ताव इरानको सार्वभौमिकता, नियन्त्रण र निगरानीलाई औपचारिक रूप दिने तथा राजस्वको नयाँ स्रोत सिर्जना गर्ने उद्देश्यले ल्याइएको हो ।

इरानी सांसद मोहम्मद रेजाको भनाइ उद्धृत गर्दै रिपोर्टहरूमा जनाइएअनुसार, अन्य अन्तर्राष्ट्रिय मार्गमा जस्तै होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिनु स्वाभाविक भएको तर्क प्रस्तुत गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?