+
+
Shares

पार्टीमा समानान्तर गतिविधि भएपछि महामन्त्री पौडेलले भने- हामी सबै एकजुट होऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ९:१८

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।

इतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरू गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका हुन् ।

‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘म पार्टी महामन्त्रीमात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ।’

पौडेलले देशका हरेक संकटमा कांग्रेस एकजुट रहेको र त्यही एकताको बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको स्मरण गरेका छन् ।

‘म नेपाली कांग्रेसका सबै नेता–कार्यकर्तामा अनुरोध गर्छु– एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ महामन्त्री पौडेलले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?