News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाको चैनपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन्।
- इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले आइतबार युवकलाई पक्राउ गरेको हो।
- पक्राउ परेका युवकमाथि पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१७ चैत, संखुवासभा । संखुवासभाको चैनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका–७ का १९ वर्षीय युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंधीले जानकारी दिए ।
पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले आइतबार युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका युवकलाई मंगलबार सार्वजनिक गरेको छ । घटनाका आरोपित युवक माथि ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार पीडित बालिकाको परिवार माथि मुद्दा फिर्ता लिन धम्की दिन गरेको बताएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4