+
+
Shares

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका आफ्ना उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ।
  • महामन्त्री प्रदीप पौडेलले चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकअनुसार प्रेस नोट जारी गरी जानकारी दिएका हुन्।
  • ७ वटै प्रदेशमा १६५ निर्वाचन क्षेत्रका उम्मेदवारसँग समिक्षात्मक छलफल र क्षेत्रगत अध्ययन गरिनेछ।

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका आफ्ना उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकअनुसार आज महामन्त्री प्रदीप पौडेलले प्रेस नोट जारी गरी यसबारे जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ,’ पौडेलले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यी हुन् तोकिएका प्रतिनिधि

कोशी प्रदेश विराटनगर –  २०८२ चैत २३ गते डा. डिला संग्रौला पन्त

मधेश प्रदेश जनकपुर – २०८२ चैत २५ गते फरमूल्लाह मंसुर

बागमती प्रदेश हेटौडा –  २०८३ वैशाख ७ गते बहादुर सिंह लामा

गण्डकी प्रदेश पोखरा – २०८२ चैत्र २७ गते देवराज चालिसे

लुम्बिनी प्रदेश दाङ  – २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी

कर्णाली प्रदेश सुर्खेत –  २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा

सुदूरपश्चिम प्रदेश कैलाली –  २०८३ वैशाख ५ गते  प्रकाश रसाइली स्नेही

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?