१८ चैत, काठमाडौं । चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइँदै छ ।
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् ।
तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि नै यो जात्रा मनाउँदै आइरहेका छन् ।
प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकाले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरिका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गर्छन् ।
पूर्णिमाकै दिनमाचाहिँ स्वयम्भूमा बालिन्छ । उपलब्ध भएसम्म आ-आफ्नो लामागुरु लगेर पूजापाठ गर्ने गरिन्छ ।
पूजापाठ सकेपछि गीत गाउनेहरु आ-आफ्नो जोडी समूह खोजेर तामाङ भाषामा दोहोरी गीत गाउने प्रचलन पनि छ ।





प्रतिक्रिया 4