१८ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो ।
मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।
लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन गृहमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही सिफारिस भएको थियो ।
उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4