News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सल्लाघारीस्थित चउरमा आगामी २६ चैतदेखि दशौं भक्तपुर महोत्सव आयोजना हुने भएको छ।
- महोत्सव ६ वैशाखसम्म सञ्चालन हुने र करिब ५ करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा गरिएको छ।
- महोत्सवमा लन्डन ब्रिज, रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायत मनोरञ्जनात्मक खेल साधनहरू रहनेछन्।
१८ चैत, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चउरमा आगामी २६ चैतदेखि दशौं भक्तपुर महोत्सव आयोजना हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवका संयोजक दीपक थापाले भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
६ वैशाखसम्म सञ्चालन हुने महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा गरिएको उनले बताए ।
उनका अनुसार यो वर्षको महोत्सवको आकर्षण ‘लन्डन ब्रिज’ रहने छ ।
महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू रहने उनले बताए ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन हुने थापाको भनाइ छ ।
महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् ।
प्रतिक्रिया 4