+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

भक्तपुर महोत्सवमा ३ करोडको कारोबार

१ लाख मानिसले गरे अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १०औं भक्तपुर महोत्सव सम्पन्न भएको छ।
  • महोत्सवमा १५० भन्दा बढी स्टलहरूबाट करिब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
  • महोत्सवमा करिब १ लाख मानिसले अवलोकन गरेका थिए र दैनिक चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

८ वैशाख, काठमाडौं । १०औं भक्तपुर महोत्सव सम्पन्न भएको छ ।

महोत्सव २६ चैतदेखि सुरु भएको थियो । १२ दिनसम्म सञ्चालन भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ मा करिब १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री लगायतका १५० भन्दा बढी स्टलहरू थिए । ती स्टलहरूबाट करिब ३ करोड रुपैयाँ बराबारको कारोबार भएको अध्यक्ष महतले दाबी गरे ।

महोत्सवमा दैनिक रूपमा चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । महोत्सवमा रोटे पिङ, ड्रागन ट्रेन लगायत मनोरञ्जनात्मक खेलका साधनहरू राखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?