१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको खुलासा गरेका छन् ।
बेलायती पत्रिका ‘द डेली टेलिग्राफ’लाई दिएको एक विशेष अन्तर्वार्तामा ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा नेटोका सहयोगी राष्ट्रले साथ नदिएपछि यस्तो कठोर कदम चाल्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले नेटोलाई ‘कागजी बाघ’ को संज्ञा दिँदै रक्षा सम्झौताबाट अमेरिकालाई अलग गर्ने विषय अब पुनर्विचार भन्दा बाहिर पुगिसकेको दाबी गरेका छन् ।
उनले नेटोको विश्वसनीयतामाथि लामो समयदेखि शंका रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत यो संगठनको कमजोरीबारे राम्रोसँग थाहा भएको तर्क गरेका छन् ।
विशेष गरी इरानसँगको द्वन्द्वमा युरोपेली राष्ट्रहरूको तटस्थ भूमिकाले ह्वाइट हाउसलाई नेटोसँगको सम्बन्ध तोड्न प्रेरित गरेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया 4