+
+
Shares

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ९:१९

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।

झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ ।

बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो ।

तर, उनले होर्मुज स्ट्रेटबारे कुनै ‘अपडेट’ नदिएपछि तेलको मूल्यमा बढोत्तरी देखिएको बताइएको छ । होर्मुज वैश्विक अर्थव्यवस्थाका अत्यन्तै अहम मानिन्छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ ।

२८ फेब्रुअरीमा युद्ध सुरू भएपछि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी- इजरायली हवाई हमलाको जवाफामा होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजमा हमला गर्ने चेतावनी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?