+
+
Shares

पूर्वप्रधानमन्त्री ओलीको अस्पतालमै बयान, दोस्रो पटक म्याद थपिँदै

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान त्रिवि शिक्षण अस्पतालमै लिन सुरु गरिएको छ।
  • ओली र लेखकको पाँच दिनको म्याद बिहीबार सकिएको र दोस्रो पटक म्याद लिने तयारी भइरहेको छ।
  • जेनजी आन्दोलन दमनबारे आयोगले ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही सिफारिस गरेको थियो।

१९ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको हो ।

ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । अहिले त्रिवि शिक्षण अस्पतालमै जिल्ला सरकारी वकिल कार्यालयका टिम र अनुसन्धान अधिकृत प्रहरीले बयान लिइरहेको एसपी भट्टराईले बताए ।

यता लेखकको भने बयान सकिएको छ । उनले बुधबार सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका थिए ।

त्यसैगरी पक्राउ परेपछि पहिलो पटकका लागि दिएको ५ दिनको म्याद पनि आज बिहीबार सकिएको छ । जसअनुसार उनीहरुविरुद्ध आज दोस्रो पटक म्याद लिने तयारी पनि प्रहरीले गरेको छ ।

ओली लेखक दुबै जनाको भिडियो कन्फ्रेन्समार्फत म्याद थपको तयारी अघि बढाइएको एसपी भट्टराईले बताए ।

गत २३ र२४ भदौमा भएको जेनजी आन्दोलन घटनाको दनमबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएको थियो । उक्त आयोगले ओली, लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।

आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारले निर्णय गरेसँगै गत शनिबार बिहानै उनीहरु पक्राउ परेका थिए । त्यसयता उनीहरु हिरासतमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?