+
+
Shares

संसद्‍को पहिलो बैठकमा सहभागी हुन जाँदै सांसदहरू(तस्वीरहरू)

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक जारी छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ चैत १९ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन १९ चैतदेखि सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिइएको छ।
  • बैठकमा एमाले सांसद गुरु बरालले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन्।

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक जारी छ ।

बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सवा २ बजेमात्रै सुरु भएको हो ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले १६ चैतमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुका साथै मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी दिएका छन् ।

सुरुवातमै एमाले सांसद गुरु बरालले बैठकमा विरोध जनाउँदै उठेका थिए । उनले एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरे ।

अहिले रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?