१९ चैत, काठमाडौं । स्व. उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि डिगो (डिसहोम गो) ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । गत २५ पुसमामा सिनेमा हलमा लागेको यो वृत्तचित्र अब ओटीटीमा हेर्न पाइने भएको हो ।
निर्माण पक्षका अनुसार यो वृत्तचित्रबाट सङ्कलन हुने मुख्य आम्दानी उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने छ । फाउन्डेसनले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई निरन्तरता दिने काम गर्ने जनाइएको छ।
वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, अमेरिकामा भएको शिक्षा र नेपाल फर्किएपछि वैकल्पिक राजनीतिका लागि गरेको संघर्षलाई मसिनोसँग प्रस्तुत गरेको छ । दुर्लभ भिडियो फुटेज र उनका साथी, सहयात्री तथा आलोचकहरूको अन्तर्वार्तामार्फत यो डकुमेन्ट्री तयार गरिएको छ ।
ओटीटीमा यो लघुवित्त हेर्न नेपालमा रहेकाले १९९ रुपैयाँ, अमेरिका र अष्ट्रेलियामा ४.९९ डलर शुल्क तिर्नुपर्ने हुन्छ । त्यसबाहेक बाँकी विश्वका दर्शका लागि २.९९ डलर तोकिएको छ ।
प्रतिक्रिया 4