News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको जनाएको छ।
- मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले खुलाएको छ।
- फागुनसम्म विदेशी मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको र अमेरिकी डलरमा ८ महिनामा १८.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
१९ चैत, काठमाडौं । मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थितिअनुसार फागुन मसान्तसम्मको मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।
असार मसान्तसम्मको तुलनामा चालु आवको फागुनसम्म आइपुग्दा नै मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्म मुलुकसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी मुद्रा सञ्चिति रहेको थियो ।
अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।
प्रतिक्रिया 4