+
+
Shares

कमला–कञ्चनपुर सडक निर्माण ढिलाइविरुद्ध लहानमा आन्दोलन

कमला–कञ्चनपुर सडक विस्तारमा भएको दीर्घ ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीहरू आन्दोलनमा उत्रिएका छन्।

सुरेश राय सुरेश राय
२०८२ चैत २० गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लहानका स्थानीयवासीहरूले कमला–कञ्चनपुर सडक विस्तारमा भएको दीर्घ ढिलाइ र धुलो–धुवाँको समस्याविरुद्ध आन्दोलन सुरु गरेका छन्।
  • शुक्रबारदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन ठप्प भएका छन् र यात्रुहरू घण्टौँ अलपत्र परेका छन्।
  • जिल्ला प्रशासनले समस्या समाधानका लागि पहल थालेको छ र सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ।

२० चैत, सिरहा । कमला–कञ्चनपुर सडक विस्तारमा भएको दीर्घ ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीहरू आन्दोलनमा उत्रिएका छन्।

शुक्रबार बिहानदेखि नै आन्दोलनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि सयौँ सवारीसाधन ठप्प भएका छन् भने यात्रुहरू घण्टौँदेखि अलपत्र परेका छन्।स्थानीयका अनुसार सडकबाट उड्ने अत्यधिक धुलोका कारण सास फेर्नसमेत कठिन भएको छ।

हिलो, खाल्डाखुल्डी तथा अधुरा संरचनाले दुर्घटनाको जोखिमसमेत बढाएको उनीहरूको गुनासो छ।

सन् २०२० मा सुरु गरिएको उक्त सडक विस्तार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर झण्डै छ वर्ष पुग्न लाग्दा पनि काम अधुरै रहेको छ। करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म झन्डै १३ अर्ब रुपैयाँ भुक्तानी भइसके पनि भौतिक प्रगति सन्तोषजनक नभएको स्थानीयको आरोप छ ।

निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समयसीमा पनि आगामी जुनमा सकिँदैछ।

आन्दोलनकारीहरूले तत्काल धुलो नियन्त्रण, सडकको उचित व्यवस्थापन तथा निर्माण कार्य तीव्र बनाउन माग गरेका छन् ।

निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप वार्तामा नआउन्जेलसम्म आन्दोलन जारी राख्ने र सडक नखोल्ने स्थानीय सत्यनारायण चौधरीले बताए।

उता, राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले समस्या समाधानका लागि पहल थालेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहानैदेखि प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास गरिए पनि सफल हुन सकेको छैन।

यसैबीच, अवस्था नियन्त्रण तथा समाधानका उपाय खोज्न जिल्ला प्रशासन कार्यालय सिरहामा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ। बैठकमा आन्दोलन समाधान, राजमार्ग सुचारु गर्ने उपाय र निर्माण कार्यलाई तीव्रता दिने विषयमा छलफल भइरहेको जनाइएको छ।

आन्दोलनका कारण लहान आसपास क्षेत्रमा करिब ५ किलोमिटरसम्म सवारीसाधन ठप्प रहेका छन्। समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने स्थानीयहरूको अडानका कारण क्षेत्रको यातायात र जनजीवन थप प्रभावित हुने देखिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?