+
+
Shares

एक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ?

अबको आईजीपी को बन्छ ? भन्ने चासो सबैतिर छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आईजीपी बन्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल १८ वैशाख २०८४ मा अनिवार्य अवकाशमा जान लागेका छन्।
  • आईजीपीको मुख्य दाबेदार एआईजी नारायणदत्त पौडेल, दाहाल र ठाडा मगर हुन्।
  • नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बढुवा प्रक्रिया नियम कानून अनुसार हुने निर्देशन दिएका छन्।

२० चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा अबको एक महिनापछि नयाँ आईजीपी (सशस्त्र प्रहरी महानिरीक्षक) नियुक्ति हुँदैछ ।

हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीअनुसार उनी आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर १८ वैशाखमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनी २०७९ वैशाखमा सशस्त्र प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका थिए ।

२०५४ सालमा नेपाल प्रहरीका इन्स्पेक्टरमा भर्ना भएका अर्याल सशस्त्र प्रहरी गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।

सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि रहे पनि उनी आईजीपीको चार वर्षे कार्यकालका कारण २ वर्षअघि अर्थात २८ वर्षे सेवा अवधिमै अवकाशमा जाने भएका हुन् ।

उनी अवकाशमा जाने भएसँगै अबको आईजीपी को बन्छ ? भन्ने चासो छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आईजीपी बन्दै आएका छन् ।

जसअनुसार अबको आईजीपीको मुख्य दाबेदार हुन्, एआईजी नारायणदत्त पौडेल । हाल सशस्त्र प्रहरीको मानव स्रोत विकास विभागका प्रमुखको रुपमा रहेका एआईजी पौडेले सिनियर र वरियताको हिसाबले अघि छन् ।

सशस्त्र प्रहरीमा बलमा तीन जना एआईजीको दरबन्दी छ । जसमध्ये पौडेल सबैभन्दा सिनियर हुन् । उनी बाहेक वंशी दाहाल र गणेश ठाडा मगर पनि एआईजी छन् । दाहाल सीमा सुरक्षा विभागमा छन् । ठाडा मगर भने कार्य विभागमा छन् ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजी र एआईजी नभएको अवस्थामा डीआईजी मध्येबाट सरकारले एक जनालाई आईजीपी बनाउन सक्ने उल्लेख छ । जसअनुसार जुनियर भए पनि दाहाल र ठाडा मगरलाई पनि प्रतिस्पर्धी बन्न भने नियमावलीले रोकेको छैन ।

आईजीपी दाबेदारको मुख्य दाबेदार रहेका पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।

आईजीपीको दोस्रो दाबेदारका रुपमा रहेका दाहाल भने पौडेल भन्दा करिब ५ महिनापछि मात्रै एआईजीपीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो ।

दाहाललाई एआईजीपी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दी समेत सिर्जना गरेको थियो ।

प्रतिस्पर्धाको तेस्रो नम्बरमा रहेका ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआईजीपीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

उनीहरूभन्दा दुई वर्ष जुनियर भएकाले ठाडा मगरको अहिले नै एआईजीपी बन्ने सम्भावना कम छ । पौडेल र दाहाल जो आईजीपी भए पनि ठाडा मगरको आईजीपी हुने सम्भावना भने कायमै रहन्छ ।

मुख्य दाबेदार रहेका पौडेल र दाहाल जो आईजीपी भए पनि उनीहरू १८ चैत २०८४ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान्छन् ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले अघिल्ला सरकारहरूको जस्तो बेथिति नहुने बताउँदै आएको छ ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पनि सशस्त्र प्रहरी मुख्यालयको निरीक्षण गर्दै आफ्नो व्यक्तिगत फाइदा र सरुवा बढुवाका लागि म कहाँ नआउन भन्दै निर्देशन दिएका थिए ।

सबै प्रक्रिया अनुसार, नियम कानून अनुसार नै हुने र कुनै समस्या परे मात्रै आफूलाई भन्न गुरुङले निर्देशन दिएका थिए ।

वर्तमान आईजीपी राजु अर्याल अवकाश हुने कम्तीमा पनि १५ दिन पहिल्यै बिदा बस्ने तयारीमा छन् । तर गृह मन्त्रालयले बिदा स्वीकृत गरेको अवस्थामा मात्रै अर्यालले बिदा पाउनेछन् ।

नेपाली सेनामा एक महिना अघि नै बिदा बस्ने र भावि प्रधानसेनापतिले त्यो अवधिमा काम–कारबाही समेत सिक्ने मौका पाउने भएकाले यस्तो बिदालाई अनिवार्य जस्तै गरिएको छ ।

अघिल्ला सरकारहरु भन्दा अहिलेको यो सरकारले आईजीपी नियुक्ति विवादरहित बनाउका लागि कम्तीमा १५ दिन अगावै नियुक्ति गरिदिए चलखेल बन्द हुन सुरक्षा मामलाका जानकारहरू बताउँछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?