News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्षसहित चार जना काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन्।
- सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो, तर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ ऋण र लगानीमा प्रवाह गरिएको छ।
२० चैत, काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।
१० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो । तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।
बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन । उक्त रकम हिनामिना गरेका आरोप छ ।
प्रवाह भएको ऋण समेत कमसल धितो, बिना धितो दिइएको खुलेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको एसपी भट्टले बताए ।
प्रतिक्रिया 4