+
+
Shares

ललितपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ।
  • महिला उद्यमी महासंघ नेपालले २० चैतदेखि २२ गतेसम्म नवौं मेला सञ्चालन गरेको छ र १४० वटा स्टलमा विभिन्न घरेलु, साना तथा मझौला महिला उद्यमीहरूको सहभागिता छ।
  • मेलाको समुद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको थियो र नेपाल सरकारका विभिन्न मन्त्रालय तथा कुटनीतिक आयोगका प्रतिनिधिहरू उपस्थित थिए।

२० चैत, काठमाडौं । महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले ललितपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ । महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने एक मात्र छाता संस्थाको रूपमा स्थापित महिला उद्यमी महासंघ नेपालले शुक्रबारदेखि नवौं मेला सञ्चालन गरेको हो ।

मेलाबाट देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको महासंघले जनाएको छ । महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्न मेलाले सघाउ पुग्ने महासंघको भनाइ छ । ‘महिला उद्यमी, ठूला खरिदकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रबीच बीटूबी नेटवर्किङ र व्यापारिक सहकार्य बढाउन मेला महत्त्वपूर्ण रहेको छ’ एक विज्ञप्तिमा महासंघले भनेको छ ।

२२ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्ता सहित उद्यमीहरूको सहभागिता रहेको महासंघ अध्यक्ष दर्शना श्रेष्ठले जानकारी दिइन् ।

मेलामा १४० वटा स्टलहरु रहेका छन् । प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामान, गलैंचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ, स्वदेशी रैथाने खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडिबुटीका सामान, विभिन्न मुर्ति, गरगहना र सजावट सामान लगायतका स्टल मेलामा राखिएको छ ।

मेलाको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव रहेका थिए । मेलाको समुद्घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि, कुटनीतिक आयोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?