+
+
Shares

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त, २ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १३:४४

२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार घाइते भएका भएकामध्ये एक जनाको अवस्था चिनताजनक भनिए पनि सातै जना खतरामुक्त रहेको पाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल  क्षेत्रीले जानकारी दिए ।  ‘ सबैसँग सम्पर्क भइसकेको छ । एक जनाको हातमा चोट लागेको थियो तर खतरामुक्त रहेको जानकारी आएकोछ’, उनले भने, ‘अन्‍य के सहयोग गर्न सकिन्छ भनेर दूतावास परिचालित भएको छ ।’

प्रवक्ता पौडेलका अनुसार दुई जना उपचारपश्चा डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँचजनाको उपचार भइरहेको छ ।

यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीकहरुको अवस्थाबारे जानकारी लिएको हो ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?