News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त अरब इमिरेट्सले इरान, इराक र लेबनानको यात्रामा आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ।
- यूएईको विदेश मन्त्रालयले ती देशहरूको यात्रा नगर्न र ती देशमा रहेका नागरिकहरूलाई तुरुन्तै फर्कन अपिल गरेको छ।
- यूएईले तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा पनि गरिसकेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ ।
यूएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती देशहरूको यात्रा नगर्न भनेको हो ।
‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, विदेश मन्त्रालयले यूएईका नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
यूएईले यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई ‘तुरुन्तै देश फर्कन’ पनि अपिल गरेको छ।
यसअघि, यूएईले ठूलो निर्णय गर्दै तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4