+
+
Shares

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

‘पहिलेका सत्ताधारी पनि अमेरिकापरस्त थिए, तर चीन विरोधी थिएनन्’

‘आज देशमा जुन प्रकारको कठपुतली सरकार बनेको छ, त्यसबाट राष्ट्रिय हितमा गम्भीर प्रकारको आँच पुग्ने खतरा नै बढ्दछ’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते २१:००

२१ चैत, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले अहिले बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई अमेरिकाको कठपुतली सरकारको भएको टिप्पणी गरेका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा बालेन सरकारको परराष्ट्र नीतिमार्फत तमाम प्रश्न र शंका व्यक्त गरिएका छन् ।

‘यो स्पष्ट छ कि अहिलेको नेपाल सरकार अमेरिकाको कठपुतली सरकार हो,’ सिंहको अवधारणापत्रमा भनिएको छ, ‘यसकारण त्यो नेपालको राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिने, नेपालको तटस्थ परराष्ट्र नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने, नेपालको राष्ट्रियता वा राष्ट्रिय हितको अतिक्रमण गर्ने देशहरूका विरुद्ध दृढतापर्वक अडान लिने वा विश्वस्तरमा युद्धको विरोध र शान्तिका पक्षमा आवाज उठाउने सम्भावना कमै देखिन्छ ।’

कुनै देशमा वा सरकारमा देशभक्तिको भावनामा कमी देखिए अर्को देशसित राष्ट्रिय हितहरूको सौदावाजी गर्न थाल्ने उनले उल्लेख गरेका छन् । ‘आज देशमा जुन प्रकारको कठपुतली सरकार बनेको छ, त्यसबाट राष्ट्रिय हितमा गम्भीर प्रकारको आँच पुग्ने खतरा नै बढ्दछ,’ सिंहको अवधारणापत्रमा भनिएको छ ।

नेपालमा यसअघिका सत्ताधारी दलले पनि अमेरिकापरस्त नीति नै अपनाउदै आएको सिंहको टिप्पणी छ । एमसीसी पास गरेको विषयका आधारमा त्यो तथ्यमा शंका गर्न नपर्ने उनले बताएका छन् ।

‘तर, उनीहरूले चीनप्रति पनि मैत्रीपूर्ण नीतिहरू अपनाउदै आएका थिए । अर्कातिर, उनीहरूले एक चीनको नीतिलाई समर्थन गरेका थिए र त्यसले गर्दा उनीहरू स्वतन्त्र तिब्बतको पक्षमा थिएनन्,’ उनले लेखेका छन् ।

त्यसैले नै उनीहरूको ‘सत्तालाई उखेलेर नेपालमा आफ्नो कठपुतली सरकार बनाउनुपर्ने आवश्यकता’ अमेरिकालाई रहेको उनले दाबी गरेका छन् ।

जेनजी आन्दोलन लगत्तै बनेको अन्तरिम सरकारलाई दलाई लामाले शुभकामना र अहिले चुनाव पछि बनेको सरकारलाई दलाई लामाका प्रतिनिधिले पठाएको शुभकामनासमेतबाट नेपालका घटनाक्रम अमेरिकाको रणनीतिद्वारा प्रभावित भएको कुरामा कुनै शंका नहरेको उनले दाबी गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?