२२ चैत, काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२औं नम्बरमा रहेको छ ।
यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।
त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए ।
आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4