+
+
Shares

अब शुक्रबार सेयर बजार खुल्ने, आइतबार बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आइतबार सबै सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्जले शुक्रबार नियमित कारोबार खुलाउने भएको छ।
  • २०७९ जेठ १ देखि शनिबार र आइतबार विदा हुँदा नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो।
  • हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएकोमा नयाँ व्यवस्थाले बजार सातामा पाँच दिन खुल्नेछ।

२२ चैत, काठमाडौं । अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो ।

‘सरकारले बिदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोलिनेछ,’ नेप्सेका एक सञ्चालकले भने,‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ । शुक्रबार खोल्न कुनै समस्या छैन, प्रक्रिया पूरा गर्दा मात्र हुन्छ ।’

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा ५ दिन नै सञ्चालन भएको थियो ।

यसपटक पनि बजार ५ दिन नै खुल्ने गरी नयाँ व्यवस्था गर्न लागिएको हो ।   हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । आजै मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?