+
+
Shares

ह्वाट्स एप ह्याक गरेर ठग्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा २१ वर्षीय अभिषेक जैसवाललाई ह्वाट्स एप र भाइबर ह्याक गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
  • उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप र भाइबर ह्याक गरी रकम पठाउन लगाएको एसपी गौतम मिश्रले बताए।
  • पक्राउ परेका अभिषेकविरुद्ध ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

२२ चैत, काठमाडौं । समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन लगाएर ठगी गरेको पाइएको परिसरका एसपी गौतम मिश्रले बताए ।

पक्राउ परेका उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?