+
+
Shares

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १२:४९

२३ चैत, काठमाडौं । नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ । संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले सो जानकारी गराएको हो ।

बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग भने, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं । जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ । हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं ।’

संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने जानकारी उनले दिए । अन्यथा सरकारको प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

‘त्यस विषयमा सरकार कुनै ढंगले विघ्नबाधा नल्याओस् । बिघ्नबाधा सरकारले ल्याए हामी प्रतिवाद गर्नेछौं,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?