+
+
Shares

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ।
  • सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरिरहेको छ।
  • गत भदौ २३ र २४ को जेनजी आन्दोलन छानबिन आयोगले ओली र लेखकविरुद्ध अनुसन्धान सिफारिस गरेको थियो।

२३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो ।

आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चरिरहेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

उनीहरू दुवै जना गत चैत १४ बिहान गते पक्राउ परेका थिए ।

ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?