News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन्।
- ट्रम्पले ट्रुथ सोसियलमा लेख्दै, 'पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन' भनेका छन्।
- उनले इरानमा पूर्ण शासन परिवर्तनपछि बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू आउने सम्भावना उल्लेख गर्दै, '४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ' भनेका छन्।
२४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पूरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’
उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिंदै यस्तो लेखेका हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, शायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ । कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्वाद दिनुहोस् ।’
प्रतिक्रिया 4