News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले निजी क्षेत्रका सञ्चारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय संसद्मा उठाएका छन्।
- केरुङले सरकारले नयाँ नीति अनुसार निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको भन्दै त्यसबाट पछाडि हट्न माग गरेका छन्।
- प्रतिनिधिसभाको बैठकमा उनले सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत भएको उल्लेख गरेका छन्।
२४ चैत, काठमाडौं । निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्मा उठेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘नयाँ सरकार आउने वित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत छ’ उनले भने ।
सांसद केरुङले निजी क्षेत्रका संचार माध्यमले सरकारी विज्ञापन नपाउने निर्णयबाट पछाडि हट्न सरकारसँग माग गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4