News Summary
Generated by OK AI. Editorially reviewed.- सुबीसुले चैत २७ र २८ गते काठमाडौंको होटल र्याडिसनमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल सम्मेलन आयोजना गर्ने भएको छ।
- सम्मेलनले फाइभजी, स्मार्ट शहर र औद्योगिक स्वचालनमा आईपीभी ६ को प्रयोग र नेटवर्कमा बढ्दो साइबर खतरा विषयमा अनुभव साटासाट गर्नेछ।
- सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न यो सम्मेलनले एसिया प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा नेपाललाई स्थापित गर्ने कम्पनीले बताएको छ।
२५ चैत, काठमाडौं । सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सुबिसुले चौथो एपाक आईपीभी-६ काउन्सिल सम्मेलन आयोजना गर्ने भएको छ। यो अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन चैत २७ र २८ गते काठमाडौंको होटल र्याडिसनमा आयोजना हुनेछ।
यो अन्तर्राष्ट्रिय प्रविधि सम्मेलन सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदम हुने कम्पनीको दाबी छ । ‘यस सम्मेलनले नेपाललाई एसिया प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
सम्मेलनले फाइभजी, स्मार्ट शहर र ठूला–ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिका लागि आवश्यक असीमित ठेगाना आईपीभी ६ ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्नेछ । यसले नेटवर्कमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ।
‘यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा आईपीभी-६ को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ’ सुबिसुले भनेको छ ‘विश्वभरका संस्थाहरू क्लाउड आधारित, सफ्टवेयर निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा, आईपीभी-६ को प्रयोग अब केवल प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ।’
यो दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय किनोट स्पिकर एवम् विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहने कम्पनीले जनाएको छ । सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया 4