२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनेर घोषणा गरेको स्मरण गरे ।
‘त्यो कार्य पूरा गर्नको लागि हेटौंडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिराखेको छ,’ सांसद उप्रेतीले अगाडि भने, ‘कृपया त्यो सञ्चालनका लागि सरकारले आफ्ना कदमहरू अगाडि बढाओस् ।’
बन्द रहेका उद्योगहरूको सञ्चालन गर्ने कार्यको थालनी हेटौंडा कपडा उद्योगबाट सुरु गर्न पनि उनले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4