+
+
Shares

सेयर बजार नाघ्यो २८ सय अंक, बढे सबै सूचक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारले बुधबार २८०२ अंक नाघेको छ र नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम भएको छ।
  • कारोबार रकम ८ अर्ब ३१ करोड पुगेको छ जुन अघिल्लो दिनको ६ अर्ब ७३ करोडभन्दा बढी हो।
  • रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर लगायत ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

२५ चैत, काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो ।

कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो ।

बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् ।

सान्भी इनर्जीको ९.२२ तथा बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोपावरको ४.३५, माइखोला हाइड्रोपावरको ३.२३ तथा थ्रीस्टार हाइड्रोपावरको २.२८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?