+
+
Shares

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १६:०७

२५ चैत, काठमाडौं । घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार आयोगले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपैयाँ घुसहित पक्राउ परेका थिए

वीर अस्पतालमा कार्यरत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस माग्ने गरेको आरोप थियो । सोही आधारमा परिचालित आयोगको टोलीले भएर घुस रकमसहित बेला पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?