+

एचजेएनबीएल : टाइम्सलाई हराउँदै गोल्डनेगेट फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

२०८२ चैत  २६ गते २३:२४ २०८२ चैत २६ गते २३:२४
एचजेएनबीएल : टाइम्सलाई हराउँदै गोल्डनेगेट फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले टाइम्सलाई ८८-५५ ले पराजित गर्दै हिमालयन जाभा नेशनल बास्केटबल लिगको फाइनलमा स्थान बनाएको छ ।
  • गोल्डेनगेटले फाइनलमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ र फाइनल खेल २८ चैतमा हुनेछ ।
  • गोल्डेनगेटका पाकिस्तानी खेलाडी जाइन खानले सर्वाधिक ३१ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन् ।

२६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबले टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार साँझ सम्पन्न क्वालिफायरमा गोल्डेनगेटले टाइम्सलाई ८८-५५ ले पराजित गरेको हो । अब गोल्डेनगेटले उपाधिका लागि त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा गोल्डेनगेटलाई नै हराउँदे आर्मी फाइनल पुगिसकेको छ ।

लिग चरणमा आर्मी पहिलो र गोल्डेनगेट दोस्रो भएको थियो । त्यसैले गोल्डेनगेटले पहिलो क्वालिफायरमा हार बेहोरेपनि अर्को अवसर पाउँदा त्यसलाई सदुपयोग गर्दै आर्मीसँगै फाइनल भेट पक्का गरेको हो ।

अब आर्मी र गोल्डेनगेटबीचको फाइनल खेल चेत २८ गते शनिबार हुनेछ । उता लिगमा तेस्रो स्थानमा रहेको टाइम्सले एलिमिनेटरमा केभिसी हाउण्ड्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । तर गोल्डेनगेटको चुनौती भने पार गर्न नसक्दा साविक विजेता टाइम्स यस पटक फाइनल पुग्न असफल रह्यो ।

गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१७ को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा पनि २१-२० को झिनो अग्तरा बनाउँदै हाफटाइमसम्म गोल्डेनगेट ४६-३७ ले अघि रह्यो ।

त्यसपछि गोल्डेनेगटले तेस्रो क्वाटर १५-८ र चौथो क्वाटर २७-१० ले आफ्नो पक्षमा पारेपछि फराकिलो जित हात पारेको हो ।

गोल्डेनगेटका पाकिस्तानी खेलाडी जाइन खानले सर्वाधिक ३१ अंक स्कोर गरे । खान खेलको म्यान अफ दि म्याच घवषित भए ।

एचजेएनबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय