+

जय ट्रफीको दायरा बढाइयो, अबदेखि ६ टिमको सहभागिता

२०८२ चैत  २७ गते ९:५७ २०८२ चैत २७ गते ९:५७
जय ट्रफीको दायरा बढाइयो, अबदेखि ६ टिमको सहभागिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले जय ट्रफी मेन्स एलिट कपमा सहभागी टिमको संख्या ४ बाट ६ मा बढाएको छ।
  • पहिले प्रधानमन्त्री कपका उत्कृष्ट ४ टिमले मात्र जय ट्रफी खेल्ने व्यवस्था थियो।
  • क्यानका सचिव पारस खड्काले प्रदेशस्तरमै प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको खुलाउनुभएको छ।

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी मेन्स एलिट कपको दायरा बढाएको छ । अबदेखि प्रतियोगितामा ६ टिमको सहभागिता रहने क्यानले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टिमले मात्र जय ट्रफीमा खेल्ने व्यवस्था थियो । अब शीर्ष ६ टिमले खेल्ने मौका पाउने छन् ।

यसै महिना सम्पन्न जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगिताको दायरा बढाइनुपर्ने मागहरू समेत उठ्दै आएका थिए ।

यसअघि क्यानका सचिव पारस खड्काले पनि प्रतियोगिताको दायरा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले प्रदेशस्तरमै प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको र भविष्यमा यसलाई अझै फराकिलो बनाइने बताएका थिए ।

जय ट्रफी नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिता हो । प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय अनि फाइनल खेल तीनदिवसीय फर्म्याटमा हुँदै आएको छ ।

खेलाडीलाई लामो फर्म्याटमा अभ्यस्त बनाउन र नेपालको टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य पूरा गर्नका लागि जय ट्रफी महत्त्वपुर्ण मानिएको छ ।

जय ट्रफी क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय