+
+
Shares

रूबी ठाकुरलाई ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाए।
  • प्रतिनिधिसभा बैठकमा उनले ‘बहिनी’ शब्द खारेज गर्न माग गरे।
  • उनले संसद्मा कोहीलाई बहिनी, नातिनी, बाजे, मामा भान्जा भनेर बोल्न नहुने बताए।

२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले उक्त शब्द खारेज गर्न समेत माग गरे ।

‘हाम्रा कतिपय पूर्ववक्ता माननीयज्यूहरूले हाम्रो माननीय रुबी बहिनी पनि भनेर यहाँनेर सम्बोधन गरेको देखेँ । त्यो शब्दलाई खारेज गरियोस्,’ उनले भने ।

उनले संसद्मा कोही कसैका बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले बोल्न नहुने बताए ।

‘यहाँ कोही कसैका बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले बोल्न हुँदैन । हामी यहाँ सबैजना एकले अर्को सम्मान गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?