News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिहरूको निर्वाचन आगामी वैशाख ४ गते हुने बताउनुभएको छ।
- संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन्, जसमा राष्ट्रिय सभाका चार र प्रतिनिधिसभाका १० समिति छन्।
- प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सबै समिति गठनको प्रस्ताव स्वीकृत गरिएको छ।
२७ चैत, काठमाडौं । संसदीय समितिका सभापतिहरूको निर्वाचन आगामी वैशाख ४ गते हुने भएको छ ।
सबै समिति गठन भएको घोषणा भएपछि सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिहरूको निर्वाचनको मिति तोकेका हुन् ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4