+
+
Shares

‘कुटुम्ब’ ब्यान्डसँगको सहकार्यमा प्रकाश दूतराजले ल्याए ‘मनमाया’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकगायक प्रकाश दूतराजले ‘मनमाया’ बोलको लोक-फ्युजन शैलीको गीत कुटुम्बसँग सहकार्यमा सार्वजनिक गरेका छन्।
  • गीतमा प्रकाश र मेलिना राईको गायन छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन्।
  • भिडियोमा नेवाः संस्कृति, परम्परागत भेषभुषा र पुराना बस्तीको झल्को समेटिएको छ भने दूतराज र प्रशंसा रायमाझीले अभिनय र नृत्य गरेका छन्।

काठमाडौं । लोकगायक प्रकाश दूतराजले ‘मनमाया’ बोलको गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा यसपटक उनले चर्चित नेपाली सांगीतिक समूह ‘कुटुम्ब’ सँग सहकार्य गरेका छन् ।

लोक-फ्युजन शैलीको गीतले प्रेम कथालाई प्रस्तुत गरेको छ भने भिडिओमा नेवाः संस्कृति, परम्परागत भेषभुषा र पुराना बस्तीको झल्को समेटिएको छ ।

गीतमा प्रकाश र मेलिना राईको गायन समेटिएको छ । शब्द र संगीत दूतराजकै हो भने गीतको संगीत संयोजन सुदीप सागरले गरेका छन् । ‘कुटुम्ब’ का राजु महर्जन, रूबिन कुमार श्रेष्ठ र किरण महर्जनले वाद्यवादनमा साथ दिएका छन् ।

भिडियोमा दूतराजसहित र मोडल प्रशंसा रायमाझीले अभिनय र नृत्य गरेका छन् । गीत सार्वजनिक गर्दै दूतराजले भनेका छन्, ‘गीतमा देखाइएको केही दृश्य, भेषभूषा ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापूर्वकालदेखि नेपाली माटो, कला संस्कृतिमा योगदान पुर्‍याउँदै आएका नेवाः संस्कृति तथा समुदायसँग आधारित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?