+
+
Shares

गृहमन्त्रीले पिर्के सलामी नलिने

गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाउनुभयो।
  • गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का र राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहसँग शान्ति सुरक्षा विषयमा छलफल गर्नुभयो।
  • गृहमन्त्री गुरुङले शनिबार पृथ्वीराजमार्गको सडक निरीक्षण गर्दै चितवन पुग्नुभएको थियो र बिहानै गृहप्रशासनका कर्मचारीहरूसँग छलफल गर्नुभएको थियो।

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका हुन् ।

नवलपुरस्थित सशस्त्रको कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरे । उनले त्यहाँ जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायतसँग जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए ।

पृथ्वीराजमार्गको सडक निरीक्षण गर्दै शनिबार उनी चितवन पुगेका थिए । आज बिहानै चितवनका गृहप्रशासनका कर्मचारीहरूसँग छलफल सकेर उनी नवलपुर पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?