News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ।
- हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो।
- दुर्घटनाग्रस्त कार निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
२९ चैत, काठमाडौं । दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेकाे हाे।
दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त कार निकाल्ने प्रयार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4