News Summary
Generated by OK AI. Editorially reviewed.- इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले कोमोमाथि ४-३ को जित निकाल्दै उपाधि होडमा अग्रता बनाएको छ।
- इन्टरले ३२ खेलबाट ७५ अंक जोड्दै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।
- नापोलीको १-१ को बराबरीपछि इन्टरलाई फाइदा पुगेको छ।
३० चैत, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले कोमोमाथि आइतबार ४-३ को रोमाञ्चक जित निकाल्दै उपाधि होड बलियो बनाएको छ ।
कोमोको मैदानमा सुरुमा दुई गोलले पछि परेको स्थिमा पुनरागमन गर्दै इन्टरले जित हात पारेको हो । इन्टरको पुनरागमन जितमा मार्कस थुराम र डेन्जेल डुमफ्रेसले समान दुई गोल गरे ।
यो जितपछि इन्टरले ३२ खेलबाट ७५ अंक जोड्दै शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको नापोलीको समान खेलबाट ६६ अंक छ ।
नापोली पार्मासँग १-१ को बराबरीमा रोकिँदा त्यसको फाइदा इन्टरलाई भएको थियो ।
घरेलु मैदानमा एलेक्स भालेले ३६औं र निको पासजले ४५औं मिनेटमा गोल गर्दै कोमोलाई २-० को अग्रता दिलाएका थिए ।
तर त्यो अग्रता कामय राख्न सकेन । मार्कुस थुरामले पहिलो हाफको इन्जुरी टाइममै गोल गर्दै कोमोको अग्रता घटाए भने ४९औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि डेन्जल डेमफ्रेसले ५८औं र ७२औं मिनेटमा गोल गरेपछि इन्टरले ४-२ को अग्रता बनायो । कोमोका लागि लुकास डा कुन्हाले ८९औं मिनेटमा गोल गरेपछि हार टार्न पर्याप्त भएन ।
प्रतिक्रिया 4