News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व फुटबल महासंघ, एसियन फुटबल कन्फेडेरेशन, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघबीच सोमबार नेपाली फुटबल विवाद समाधानका लागि अनलाइन बैठक भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचन्द्र मेहताले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको र फिजिकल मिटिङको प्रस्ताव राखिएको बताए।
- एन्फाले अर्ली इलेक्सन घोषणा गरेपछि सुरु भएको विवादले राखेपले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेको थियो र फिफाले सात दिनभित्र समस्या समाधान गर्न पत्र लेखेको थियो।
३० चैत, काठमाडौं । नेपाली फुटबलको विवाद समाधानबारे विश्व फुटबल महासंघ (फिफा), एसियन फुटबल कन्फेडेरेशन (एएफसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सोमबार छलफल भएको छ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अनलाइन बैठकमा सबै पक्षले आफ्ना धारणा राखेका छन् ।
यस्तै राखेप सदस्य सचिव रामचन्द्र मेहताले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।
‘चार पक्षबीच नेपाली फुटबलको विषयमा छलफल भयो । सबैले आ-आफ्नो कुरा राख्नुभयो । छलफल सकारातणमक भएको हामीले बुझेका छाैं, आज यसको कुनै निष्कर्ष आएको छैन’ उनले भने, ‘सरकारको तर्फबाट हामीले फिजिकल मिटिङको प्रस्ताव राखेका छाैं ।’ उनले फुटबलको विवाद समाधान हुनुपर्ने पनि बताए ।
यसअघि एन्फाले अर्ली इलेक्सन घोषणा गरेपछि सुरु भएको विवाद निलम्बनसम्मै पुगेको थियो । राखेपले एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।
त्यसपछि फिफाले पत्र लेखेर सात दिनभित्र समस्या समाधान हुनुपर्ने बताएको थियो भने जवाफमा राखेपले एन्फा र फिफालाई पत्र लेखेर सबै पक्षबीच छलफल हुनुपर्ने बताएको थियो ।
प्रतिक्रिया 4