+
+
Shares

हाटबजार व्यवस्थित बनाउने नगरपालिकाको तयारीपछि लहानका व्यवसायी आन्दोलित

सिरहाको लहान नगरपालिका-५ स्थित हाटबजारलाई आधुनिक र स्तरीय संरचना बनाउन सुरु गरेसँगै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लहान नगरपालिका-५ स्थित हाटबजारलाई ४ करोड ४१ लाख रुपैयाँमा आधुनिक व्यावसायिक भवन बनाउन सुरु गर्दा व्यवसायीले विरोध गरेका छन्।
  • नगरप्रमुख महेश प्रसाद चौधरीले हाटबजार व्यवस्थापनको शिलान्यास गर्न पुगेका बेला व्यवसायीहरूले नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए।
  • विस्थापित हुने डरले व्यवसायी गुडिया खातुनले \'हामीलाई पहिलो विकल्प चाहियो\' भनी विरोध जनाएकी छन् र नगरप्रमुखले वार्ताबाट समाधान गर्ने बताएका छन् ।

३ वैशाख, सिरहा । सिरहाको लहान नगरपालिका-५ स्थित हाटबजारलाई आधुनिक र स्तरीय संरचना बनाउन सुरु गरेसँगै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।

बिहीबार हाटबजार व्यवस्थापन तथा निर्माण कार्यको शिलान्यास गर्न पुगेका नगरप्रमुख महेश प्रसाद चौधरीको कार्यक्रम व्यवसायीहरूको अवरोधका कारण बिथोलिएको छ।

नगरपालिकाले ४ करोड ४१ लाख रुपैयाँको लागतमा हाटबजारको स्तरउन्नति गरी व्यावसायिक भवन बनाउने प्रक्रिया अगाडि बढाएको थियो।

सोही क्रममा आज नगरप्रमुख चौधरी शिलान्यासका लागि पुग्दा व्यवसायीहरूले नाराबाजी र होहल्ला गर्दै अवरोध सिर्जना गरेका थिए। तनावपूर्ण अवस्था बनेपछि नगरप्रमुखको टोली शिलान्यास नै नगरी फर्कियो ।

नगरप्रमुख फर्किएलगत्तै आक्रोशित व्यवसायी र स्थानीयवासीले लहानको नयाँबजार क्षेत्रमा विरोध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका थिए।

विकल्प नदिई संरचना निर्माण गर्न लागेको भन्दै उनीहरूले विरोध गरेकोब ताएका छन् ।

वर्षौ पहिलेदेखि व्यापार गर्दै आएका साना व्यवसायीहरूले नगरपालिकाले भवन बनाएर टेण्डर आह्वान गरेपछि आफूहरू विस्थापित हुने त्रास व्यक्त गरेका छन्।

विरोधमा उत्रिएका व्यवसायी गुडिया खातुनले भनिन्,’हामीलाई पहिलो विकल्प चाहियो। नगरपालिकाले भव्य संरचना बनाएर टेण्डर लगाएपछि हामीजस्ता सानातिना व्यवसायी कहाँ जाने ? हाम्रो रोजीरोटीको ग्यारेन्टी नभएसम्म काम अघि बढ्न दिँदैनौँ।’

लहान नगरपालिकाको यो हाट जिल्लाकै सबैभन्दा पुरानो, ठूलो र व्यस्त बजार मानिन्छ। यहाँ साताको प्रत्येक सोमबार र शुक्रबार भव्य हाट लाग्ने गर्दछ ।

नगर प्रमुख चौधरी आफूले विवादको समाधान वार्ताबाट समाधान गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?