+
+
Shares

सबैभन्दा पाको गोरिल्लाले मनायो ६९‍औं जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसारकै सबैभन्दा पाको गोरिल्ला फातूले आफ्नो ६९औं जन्मदिन जर्मनीको बर्लिन चिडियाखानामा मनाएको छ।
  • फातूको जन्मदिनमा परम्परागत केकको सट्टा स्वस्थ खानेकुरा जस्तै चेरी, गोलभेँडा, चुकन्दर र पालुंगो दिइएको थियो।
  • फातूको दीर्घायु र शान्त स्वभावले बर्लिन चिडियाखानामा दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ।

संसारको सबैभन्दा पाको उमेरको गोरिल्लाले आफ्नो ६९औं बर्थडे मनाएको छ।

सबैभन्दा वृद्ध पाल्तु गोरिल्लाको रूपमा गिनजिक बुकमा नाम लेखाएको फातूको ६९औ‌ं जन्मदिन जर्मनीको बर्लिन चिडियाखानामा भव्य रुपमा मनाइयो।

त्यसक्रममा फातूका लागि सुगर फ्री र स्वस्थ्यकर परिकारहरु तयार गरिएको थियो । परम्परागत केकको सट्टा फातूलाई चेरी, गोलभेँडा, चुकन्दर, पालुंगोजस्ता स्वस्थ खानेकुराको भोज दिइयो । फातूको उमेर र स्वास्थ्यलाई ध्यानमा राखेर ती खानेकुरा छानिएको थियो ताकि उसलाई पचाउन सजिलो होस् र स्वास्थ्य राम्रो रहोस् ।

दीर्घायू र शान्त स्वभावले फातूकोलाई विशेष बनाएको छ । जसका कारण सो गोरिल्ला चिडियाखानामा दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ ।

फातूको वास्तविक जन्ममिति एकिन नभएपनि हरेक वर्ष १३ अप्रिलमा उसको जन्मदिन मनाइन्छ । जसले गर्दा चिडियाखानाका कर्मचारी र दर्शकहरूले उसको लामो जीवनको उत्सव मनाउन सक्छन्।

सामान्यतया जङ्गली गोरिल्लाहरू ३५ देखि ४० वर्षसम्म मात्र बाँच्छन् । तर मानव हेरचाहमा राम्रो खाना र उपचारका कारण उनीहरूको आयु बढ्न सक्छ । यसको सबैभन्दा ठूलो उदाहरण फातू हो । जो ६९ वर्षसम्म बाँच्न सफल भएको छ ।

सन् २०२४ मा इन्गो द फ्लेमिङ्गो नामक फ्लेमिङ्गो चराको मृत्यु भएपछि फातू नै बर्लिन चिडियाखानाको सबैभन्दा वृद्ध सदस्यको रुपमा रहेको छ । सो फ्लेमिङ्गो करिब ७५ वर्ष बाँचेको थियो र सन् १९५५ देखि त्यहीं बस्दै आएको थियो ।

फातूको कथा पश्चिम अफ्रिकाका जंगलबाट सुरु हुन्छ । गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार एउटा एकजना फ्रान्सेली सामुद्रिक यात्रीले मार्से शहरमा एउटा बारमा खाएको खानेकुराको बिल तिर्न नसकेपछि त्यसको साटो गोरिल्लाको बच्चा दिएका थिए ।

त्यसपछि एकजना फ्रान्सेली पशु व्यापारीले फातूलाई बर्लिन चिडियाखानामा बेचिदिए । अनि त्यहींबाट फातूको दीर्घ जीवनको यात्रा सुरु भयो । अनि चिडियाखानामा विशेष र चर्चित गोरिल्ला बन्यो ।

उमेर बढ्दै जाँदा फातूका दाँत झरिसकेका छन् । उसलाई बाथको समस्या छ भने श्रवण शक्ति पनि कमजोर छ । चिडियाखानाका बाँदर सुपरिवेक्षक क्रिश्चियन ओस्टका अनुसार फातूले उसका सुसारेहरूसँग मैत्रीपूर्ण व्यवहार गर्छ । तर उमेर बढेकोले पनि होला कहिलेकाहीँ अलि जिद्दी पनि हुन्छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?