+
+
Shares

हिजबुल्लाह हतियार छाड्, इजरायल लेबनानको सम्प्रभुताको सम्मान गर : म्याक्रोन 

‘हिजबुल्लाहले आफ्ना हतियार छोडिदिनुपर्छ । इजरायलले लेबनानको सम्प्रभुताको सम्मान गर्नुपर्छ र युद्ध रोक्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:१६

४ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानमा १० दिनको युद्धविराम लागु भएपछि त्यसको समर्थन गरेका छन् । सँगै उनले केही सावधानी अपनाउन पनि अपिल गरेका छन् ।

‘म यस कुरामा आफ्नो चिन्ता जाहेर गर्छु कि सैन्य अभियान जारी राखिए युद्धविराम कमजोर पर्नसक्छ,’ उनले भनेका छन् ।

उनले लेबनान र इजरायलको सीमामा दुबैतिर बस्ने आम नागरिकको सुरक्षाको पनि अपिल गरेका छन् । उनले अगाडि भनेका छन्, ‘हिजबुल्लाहले आफ्ना हतियार छोडिदिनुपर्छ । इजरायलले लेबनानको सम्प्रभुताको सम्मान गर्नुपर्छ र युद्ध रोक्नुपर्छ ।’

शुक्रबार फ्रान्सको राजधानी पेरिसमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र फ्रान्सेली राष्ट्रपति म्याक्रोन ४० देशको भर्चुअल बैठकको अध्यक्षता गर्दैछन् । यो बैठकको उद्देश्य स्ट्रेट अफ होर्मुजमा सुरक्षित आवतजावत कायम गर्न बहुपक्षिय मिसन स्थापना गर्नु रहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?